अर्थ संसार, काठमाडौं -टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३१८ पुगेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा बुधबार १२ सङ्क्रमित थपिएसँगै नगरपालिकाभित्र कुल सङ्ख्या ३१८ पुगेको हो । जसमध्ये सबैभन्दा थोरै वडा नं २ मा एक र सबैभन्दा धेरै वडा नं ७ मा ४५ सङ्क्रमित भेटिएका छन् । यस्तै, वडा नं १ मा चार, वडा नं २ मा एक, वडा नं ३ मा २१, वडा नं ४ मा २९, वडा नं ५ मा ४३, वडा नं ६ मा ३२, वडा नं ७ मा ४५, वडा नं ८ मा २४, वडा नं ९ मा १६, वडा नं १० मा २९ र वडा नं ११ मा ३० सङ्क्रमित छन् ।
कोरोना सङ्क्रमितमध्ये १५२ जना निको भएर घर फर्किसकेको, १०४ जना होम आइसोलेसन र ५६ विरामीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिनुभयो । तीनजना अहिलेसम्म सम्पर्कविहिन छन् ।
टोखा नगरपालिकाले कोरोना सङ्क्रमित विरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शैयाको आइसोलेसन सेन्टर स्थापना गरेर विरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।
यस्तै, टोखाले नगरपालिकामा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएपछि भदौ २१ देखि २६ सम्म नगरपालिका कार्यालय बन्द गरेको छ । नगरपालिका कार्यालय बन्द रहेपनि कोरोना सङ्क्रमणको रोकथाम र उपचारका कुनैपनि काम नरोकिने नगरप्रमुख अधिकारीले बताउनुभयो ।
नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसिआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले आजदेखि प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गर्न लागेको जनाएको छ । टोखाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका विरामीलाई प्रतिदिन रु ३५० भत्ता दिने निर्णयसमेत गरिसकेको छ । नगरप्रमुख अधिकारीले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको संख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोँगबुसँग सहकार्य गरेर विरामीको उपचार गरिने बताउनुभयो ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस