Like us!
Follow us!
Connect us!
Watch us!

अब बार अनुसार पसल खोलिने ? कुन बार कुन पसल खोल्ने ?

अर्थ संसार

बुधबार, २४ भदौ २०७७, १९ : ४४ मा प्रकाशित

अब बार अनुसार पसल खोलिने ? कुन बार कुन पसल खोल्ने ?

अर्थ संसार, काठमाडौं -सरकारले उपत्यकामा बिहीबार अलि खुकुलो बनाउने निर्णय गरेको छ ।  नीजि तथा सार्वजनिक सवारी साधानहरुमा जोर बिजोर प्रणाली लागू गरिएको छ । सार्वजनि यातामा यात्रुको संख्या तोकिएको छन् । 

कुन बार कुन पसल खोल्ने ?

 काठमाडौं जिल्ला अधिकारीले जारी गरेको विज्ञप्ती अनुसार  अब तरकारी, दुध तथा खाद्यवस्तुका पसलहरु बिहान ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको छ ।

सपिङ मल, फेन्सी, जुत्ता, कस्मेटिकका पसलहरु स्वास्थ्य मापदण्ड अपनाइ सातामा सोमबार, बुधबार र शनिबारमात्र खोल्न पाइने निर्णय प्रशासनले गरेको छ । यस्तै, भाडा र भान्साका सामाग्रीका पसल आइतबार मंगलबार र शुक्रबार खोल्न पाइनेछ ।

फुटपाथ, ठेला, स्टेसनरी, इलेक्ट्रिक्सका पसल र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने आदेश गरिएको छ । यस्तै, फर्निचर र अटोबाइलका पसल सोमबार र बुधबारमात्रै खोल्न पाइनेछ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको