Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको चियापानमा नेतादेखि कलाकारसम्म (फोटो फिचर) समोसा, निम्की, लड्डु, केरा खुवाइयो आगन्तुकलाई

शनिबार, २९ असोज २०७३, २० : ३९ मा प्रकाशित

एमालेको चियापानमा नेतादेखि कलाकारसम्म (फोटो फिचर)

समोसा, निम्की, लड्डु, केरा खुवाइयो आगन्तुकलाई

अर्थ संसार
काठमाडौं–माओवादीलाई काँधमा बोकेर सत्तामा पुर्याएको कांग्रेस र प्रतिपक्षमा पुगेको एमालेबीच पछिल्लो समय पानी बाराबारकै स्थिति छ । यद्यपि शनिबार एमालेले आयोजना गरेको दशैं र तिहारको शुभकामना आदानप्रदान कार्यक्रमले ती दुई दलका शीर्ष नेतावीच सुखद सम्बादको थालनी गरिदिएको छ । धुम्बाराहीको शंखपार्कमा एमालेले आयोजना गरेको बृहद् चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच निर्वाचन हुने नहुँने कुराले केहीबेर छलफलकै अबस्था सिर्जना भयो । 
कार्यक्रममा सहभागी हुन आएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई एमाले अध्यक्ष ओलीले सोधे, ‘निर्वाचन समयमै हुन्छ ? ‘‘निर्वाचन गर्नैपर्ने होला ?’ काँग्रेस सभापति देउवाले उत्तर फर्काए, ‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने गर्ने ।’
निर्वांचनको अनिश्चय सिर्जना भइरहेका बेला दुवै नेताको संवादले उपस्थित आम सर्बसाधारण, दलका नेताहरु र पत्रकारलाई रमाइलो वातावरण बनायो । यद्यपि चुनाव गर्ने विषयमा दलहरु संवेदनशील छैनन् भन्ने उदाहरण उनीहरुबीचको संवादले देखाएको छ ।

एमालेको चियापानमा काँग्रेस नेता देउवासहित, बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएका थिए । चियापानमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने उपस्थित भएनन्। उनी ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत गएका छन् । 
चियापानमा सभामुख ओनसरी घर्ती, मन्त्रीहरु, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तराई– मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा (माले) का महासचिव सिपी मैनालीलगायत नेता सहभागी थिए ।

कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी, सांसद, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताको खचाखच सहभागिता थियो ।

एमालेले आयोजना गरेको चियापान निकै ब्यवस्थित थियो । दिउँसो १२ देखि सुरु भएको चियापानमा सर्बसाधारण लाइन लागेर नेताहरुसँग सुभकामना साटासाट गरिहेका थिए । आगन्तुकलाई  विभिन्न जनजातिका पोशाकमा सजिएका कार्यकर्ताले स्वागत गरेका थिए । आगन्तुकलाई पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरु वामदेव गौतम, पूर्व सभामुख सुवास नेम्वाङ, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवालीलगायतले स्वागत गरेका थिए।
कार्यक्रममा सर्बसाधारणलाई समोसा, स्यान्डविच, लड्डु, निम्की, केरा, चिया, कफीलगायत खुवाइएको थियो । 
कार्यक्रममा सहभागीहरु नेताहरुसँग चस्बिर खिचाउन तँछाडमछाड गरिरहेका थिए । ठूलो संख्यामा सहभागी भए पनि स्वयंसेवकहरुले सहभागीलाई सुभकामना आदानप्रदान गर्ने देखि चिया पान गराउने ठाउँसम्म ब्यवस्थित रुपमा पु¥याउने ब्यवस्था मिलाएका थिए ।  

58024386b4471.jpg 5802438b17fdd.jpg 5802439790ce3.jpg 5802439c32167.jpg 5802439d5ef3d.jpg 580243a260917.jpg 580243a8ae0c4.jpg 580243a8b858c.jpg 580243ae061b2.jpg 580243b0245a0.jpg 580243b45314e.jpg 580243b6a3ad4.jpg 580243b8df5ed.jpg 580243bec138b.jpg 580243bee867d.jpg 580243c943052.jpg 580243ca40e3d.jpg 580243d08e202.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको