Like us!
Follow us!
Connect us!
Watch us!

एका बिहानै ६ रिक्टरको परकम्प !

अर्थ संसार

बुधबार, ३१ भदौ २०७७, ०८ : ४४ मा प्रकाशित

एका बिहानै ६ रिक्टरको परकम्प !

अर्थ संसार, सिन्धुपाल्चोक -सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ ।

आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको