Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता

अर्थ संसार

बुधबार, ३१ भदौ २०७७, १३ : ३७ मा प्रकाशित

वित्तीय क्षेत्रलाई आवश्यक जनशक्ति निर्माण गर्न कलेज र बैंकबीच सम्झौता

अर्थ संसार, काठमाडौं– क्वेष्ट इन्टरनेशनल कलेज ग्वार्को ललितपुर र कामना सेवा विकास बैंक लि।ज्ञानेश्वर काठमाडौँले वित्तीय क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति निर्माण गर्न सहकार्य गर्ने भएका छन् । सहकार्य गर्नेबारेको समझदारीपत्रमा कलेजमा मङ्गलबार प्रिन्सिपल उदयराज पौडेल र बैंकका कार्यकारी अधिकृत प्रवीण बस्नेतले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । 

उक्त बैंकका कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता एवं उत्प्रेरणा अभिवृद्धि गर्र्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य हासिलका लागि अवसर प्रदान गर्न क्वेष्ट कलेजले अध्यापन, अनुगमन तथा तालीममार्फत योगदान पु¥याउने साझेदारी भएको कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो ।

बैंकका कर्मचारीले क्वेष्टका कुनै पनि डिग्री कार्यक्रम तथा तालीममा सहभागी हुँदा विशेष सुविधा तथा अध्ययन शुल्कमा छुट दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । बैंकले पनि क्वेष्टका विद्यार्थीलाई इन्टनसीपको अवसर दिँदै आएको जानकारी दिँदै बैंकका कार्यकारी अधिकृत बस्नेतले समझदारी र सहकार्यलाई मानव संशोधन विकासमा शैक्षिक क्षेत्र, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रबीच देखिएको खाडल क्रमशः पुर्दै जाने अभियानको शुरुवाती कदमका रुपमा लिइएको बताउनुभयो । 
    
पोखरा विश्वविद्यालयबाट सन् २००९ मा सम्बन्धन प्राप्त गरी व्यवस्थापनका बिबिए, बिएचएम र एमबिएका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको क्वेष्ट इन्टरनेशनल कलेजमा हाल ७०० विद्यार्थी अध्ययनरत रहेका कलेजका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी कामना सेवा विकास बैंकले ९०० कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै १२४ शाखामार्फत देशका विभिन्न स्थानमा सन् २००६ देखि बैंकिङ सेवा प्रदान गर्दैआएको छ ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको