अर्थ संसार, काठमाडौँ -नबिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासन गर्नका लागि इक्रा नेपालमा रेटिङ पनि गराएको छ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको अधारभुत पक्ष कम जोखिम रहेको देखाउँछ ।
बैंकले २ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो । तर हालसम्म बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने ऋणपत्र निष्कासन गर्न निवेदन पेश गराएको छैन । बोर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्कासन गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस