Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

अर्थ संसार

विहीबार, ०१ असोज २०७७, ०७ : ५६ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

अर्थ संसार, मुग्लिन -नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पुनः पहिरो  खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा आज बिहान ४ः३० बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो खस्न रोकीएसँगै बिहानैदेखि सडक सफा गर्न शुरु गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।  

पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । बुधबार बिहान खसेको पहिरो पन्छाएर ११ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सो सडकमा सोमबार राती देखि पटक पटक पहिरो खस्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको