Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु

अर्थ संसार

विहीबार, ०८ असोज २०७७, १३ : २६ मा प्रकाशित

कोरोना सङ्क्रमणबाट थप दुईको मृत्यु

अर्थ संसार, बुटवल -बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष रहेका छन् । दुबै जनाको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका स्रोत व्यक्ति डा. सुदर्शन थापाका अनुसार गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो ।

उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए । त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. थापाले बताउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको