Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले करार सेवाको लागि इन्जिनियर र सवारी चालक माग्यो, कति छ तलब ?

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, १३ : १० मा प्रकाशित

राष्ट्र बैंकले करार सेवाको लागि  इन्जिनियर र सवारी चालक माग्यो, कति छ तलब ?

अर्थ संसार, काठमाडौं । नेपाल राष्ट्र बैंकले करार सेवाको लागि कर्मचारी आह्वान गरेको छ । बैंकले करार सेवाका लागि ३ सिभिल इन्जिनियर र सवारी चालक नियुक्त गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार करार अवधि ६ महिना हुनेछ । सिभिल इन्जिनियरका लागि राष्ट्र बैंकले सिधै अन्तरवार्ताबाट नियुक्त गर्नेछ भने चालकका लागि भने प्रयोगात्मक र अन्तरवार्ता हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक व्यक्तिले राष्ट्र बैंकबाट दरखास्त आवेदन फारम लिएर दरखास्त दिन सक्नेछन् । सिभिल इन्जिनियरका लागि बीई उत्तीर्ण भई दुई वर्षको अनुभव भएको हुनु पर्नेछ ।

सिभिल इन्जिनियरका लागि मासिक ५९ हजार ७ सय रुपैयाँ र त्यसमा अन्य सेवा सुविधा साथै चालकका लागि मासिक २८ हजार तलव र २ हजार खाचा खर्चका अतिरिक्त अन्य सेवा सुविधासमेत उपलक्ध हुने राष्ट्र बैंकले बताएको छ ।

5f6c57fb961a9.JPG 5f6c57ff7dd9b.JPG 5f6c5804a8278.JPG 5f6c580a6bc12.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको