Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सको आठ वर्षको साधारण सभा आज हुँदै

अर्थसंसार

शनिबार, १० असोज २०७७, ०७ : २२ मा प्रकाशित

नेपाल फाइनान्सको आठ वर्षको साधारण सभा आज हुँदै

अर्थ संसार, काठमाडौँ - नेपाल फाइनान्स लिमिटेडकाे आठ वर्षको वार्षिक साधारण सभा आज(असोज १० गते शनिबार) हुँदैछ। फाइनान्सले बिसाैँ, एक्काइसाैँ, बाइसाैँ, तेइसाैँ, चाैबिसाैँ, पच्चिसाैँ, छब्बिसाैँ र सत्ताइसाैँ साधारण सभा एकैचाेटी बाेलाएकाे हाे ।

फाइनान्सकाे भाद्र २८ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असोज १० गते शनिबार, संस्थाकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

फाइनान्सले साधारण सभा प्रयाेजनका लागि साउन २६ गते एकदिनका लागि फाइनान्सकाे शेयर दाखिला खारेज बन्द गरेकाे थियाे । तसर्थ साउन २५ गतेसम्म कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस्:-

5f6eb7beeff18.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको