Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावसहित नेपाल फाइनान्सको साधारणसभा सम्पन्न

अर्थसंसार

शनिबार, १० असोज २०७७, १९ : ०१ मा प्रकाशित

हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावसहित नेपाल फाइनान्सको साधारणसभा सम्पन्न

अर्थ संसार, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारण सभा आज (असोज १० गते शनिबार) सम्पन्न भएको छ । 

बार्षिक साधारण सभा सम्पूर्ण शेयरधनीहरुको भौतिक तथा अभौतिक (भर्चुअल) माध्यमबाट संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा सम्पन्न भएको हो । 

सभा संचालकहरुमा अध्यक्ष हिरेन्द्रमान प्रधान, चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, रोजीना श्रेष्ठ, लक्ष्मी महर्ज तथा स्वतन्त्र संचालक आनन्द कृष्ण ताम्राकारलगायत आधारभुत शेयरधनीहरुको उपस्थितीमा सम्पन्न भएको हो । 

साधारणसभाले संस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग वर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । साथै साधारण सभाले यसका लागि आजैका मिति देखि सो प्रक्रियालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ । 

संस्थालाई नयाँ ढंगले आफै संचालन गर्न सकिन्छ भन्ने अठोटका साथ केहि नयाँ शेयरधनीहरु समेतको सक्रियतामा संस्थाको चुक्तापूँजी ८४ करोड २ लाख ६५ हजार ५ सय ९४ पु¥याउन १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव यसै साधारणसभाबाट पारित भएको जनाइएको छ ।  

संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको बिशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ बराबर १ दशमलव २५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ जस अन्र्तगत आधारभुत लगानीकर्ता तथा संचालकहरुबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको छ ।

हाल संस्थाको सुधार कार्यक्रम अन्तर्गत केहि अत्यावश्यक भौतिक सामाग्रीहरु परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सवलिकरण गर्ने, संचालन जोखिमलाई न्यूनिकरण गर्ने उपायहरु समेत अवलम्वन गरिएको छ । अब आउने दिनहरुमा संस्थालाई आधुनिकिकरण गर्दै लैजाने रणनिति लिइएको संस्थाले जनाएको छ ।

संस्थाले आफ्ना ग्राहकवर्गको हितलाई संरक्षण गरी विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्दै संस्थाको प्रगतिमा कार्यरत रहने आफ्ना शेयरधनीहरुलाई उचित प्रतिफल प्रदानगर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको