Like us!
Follow us!
Connect us!
Watch us!

भिभोको 'वाइ-२०' सिरिज नेपाली बजारमा, कति पर्छ मूल्य ? हेर्नुहोस्

अर्थसंसार

शनिबार, १० असोज २०७७, १९ : २६ मा प्रकाशित

भिभोको 'वाइ-२०' सिरिज नेपाली बजारमा, कति पर्छ मूल्य ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौं - चिनियाँ स्मार्टफोन कम्पनी भिभोको 'वाइ-२०' सिरिज नेपाली बजारमा बिक्री सुरू भएको छ । 

कम्पनीका अनुसार एआइ ट्रिपल म्याक्रो क्यामेरा र ५ हजार एमएएच ब्याट्री क्षमताको यो सेट अनलाइन प्लेटफार्म दराजबाट बिक्री सुरू गरिएको हो ।

साइड फिंगर प्रिन्ट, फेस सेन्सर अनलक सुविधासँगै १३ र २-२ मेगापिक्सेलका क्यामेरा रहेको सेटमा एआइ पावर सेभिङ प्रविधि रहेकाले यसमा ब्याट्री लामो समय टिक्दछ । १० वाट चार्जरको साथ उपलब्ध सेटमा ब्याट्रीलाई रीभर्स रीचार्ज पनि गर्न सकिन्छ।

फोटो खिच्न छनोटमा थुप्रै अप्सन रहेको यो सेटमा सेल्फी मोडका लागि आकर्षक फीचर छन्। ओबसिडियन ब्ल्याक र नेबुला ब्लु रंगमा उपलब्ध हलुका र पातलो आकारको सेट हाइ डेफिनेसन गेमिङ र मोबाइलबाटै फिल्म हेर्न रुचाउनेहरूका लागि आकर्षक रहेको कम्पनीले जनाएको छ।

यसमा अल्ट्रा गेमिङ मोड पनि छन्। ६.५१ इन्च हलो डिस्प्ले, स्न्याप ड्रयागन प्रोसेसर, ३ जिबी र्यारम, ६४ जीबी स्टोरेज क्षमता रहेको सेटलाई स्टोरेज माइक्रो एसडी कार्ड थपेर २५६ जीबीसम्म बनाउन सकिन्छ।

२० हजार ९ सय ९९ रूपैयाँ मूल्य रहेको भीभो वाइ-२० को बिक्री दराज अनलाइनबाट सुरु गरिएको कम्पनीले जनाएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको