Like us!
Follow us!
Connect us!
Watch us!

भर्ने होइन ?  जनरल इन्स्योरेन्सको आइपिओ आजदेखि बिक्री खुल्ला

आइतबार, ११ असोज २०७७, ०७ : १७ मा प्रकाशित

भर्ने होइन ?  जनरल इन्स्योरेन्सको आइपिओ आजदेखि बिक्री खुल्ला

अर्थ संसार, काठमाडौं-जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणको लागि सर्वसाधारण शेयर  (आइपिआ) आइतबार अर्थात आजदेखि बिक्री  खुल्ला भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न गरेको हो  ।

कम्पनीले निष्कासन गर्न लागेको कुल ३० लाख कित्तामध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा असोज ११ गतेदेखि १४ गतेसम्म आवेदन गर्न सकिनेछ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रेहको छ ।ईच्छुक लगानीकर्ताहरुले आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट  आवेदन दिन सक्नेछन् । 
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ । शेयर बिक्री प्रबन्धकमा एनआईवीएल क्यापिटल रहेको छ ।

कति दिने आवेदन ?

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गर्ने आइपिओ लगानीकर्ताको रोजाइमा र पखाईमा रहेको छ । यस कम्पनीको आइपिओमा आवेदन माग भन्दा धेरै पर्ने भएकोले न्यूनतम १० कित्ता अर्थात एक हजारमात्र लगानी गर्नु पर्दछ  ।  

भर्ने होइन जनरल इन्स्योरेन्सको आइपिओ ? (सम्पूर्ण जानकारी भिडियोमा) 

5f7015ba04c8e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको