Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाईमुद्दति खाता योजना !

अर्थ संसार

आइतबार, ११ असोज २०७७, १८ : ५७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाईमुद्दति खाता योजना !


अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिकरुपमाशसक्त र स्वतन्त्रबनाउने उद्देश्यले  ‘मेरी उनीलाई’मुद्दति खाता योजना सञ्चालनमाल्याएको छ । 
‘मेरी उनीलाई’ मुद्दति योजनाले,महिलाहरुकानाममा बचत गर्न, महिलाहरुलाई बचतमाअभ्यस्तबनाउन, व्यक्तिगतखाताबाहकमहिलाहरुलाई राम्रो प्रतिफलप्रदानगर्न र आर्थिक रुपमामहिलाहरुलाई सबल बनाउन, सहयोग पुर्याउने बैंकले जनाएको छ । 

एकलाख रुपैयाँभन्दा बढी रकममाखोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामावार्षिक ९ प्रतिशतसम्मब्याजपाइनेछ। यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागिखोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहनगर्ने यो योजनामाआवश्यकताअनुसार पटकपटक रकमथपगर्न पनि सकिने व्यवस्थाछ । बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमाशतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा रदशलाखभन्दा बढी रकमको मुद्दति खाताखोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ । 

यस योजनाअन्तर्गत मुद्दति खाताखोल्ने ग्राहकहरुले होम लोनको प्रोसेसिङ्गशुल्कमाशतप्रतिशत छुट पाउनुहुनेछ भने निश्चित रकमसहित मुद्दति खाताखोल्ने प्रतिवद्धता गरेमाग्राहककै घरदैलोमै पुगेर सेवाउपलब्ध गराइनेछ । यो मुद्दति खाताखोल्दामहिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुशील्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउनेकुरामापनिबैंक विश्वस्त रहेको छ । 

ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवामाअतिरिक्त सुविधाहरु प्रदानगर्ने उद्देश्यले समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको