Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति ?

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १६ : ३५ मा प्रकाशित

सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति ?

अर्थ संसार, काठमाडौं - सोमबार काठमाडौं उपत्यकामा ८१७ देशभर थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  जसमध्ये ४३६ महिला र ९१५ पुरुष छन् । 

यो सँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १० हजार ८० जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १ हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा ७२० जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । यो संगै हालसम्म ५४ हजार ६४० जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । हाल सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६९५ जना छन् भने होम आइसोलेसनमा १० हजार ९२९ जना छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको