Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य मन्त्रालयको अनुरोध, 'अफिस जाँदा पुरा बाहुला भएको कपडा लगाउनुस्'

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, १२ : ५८ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयको अनुरोध, 'अफिस जाँदा पुरा बाहुला भएको कपडा लगाउनुस्'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न सबैलाई अनुरोध गरेको छ । मन्त्रालयले आज एक सूचना सार्वजनिक गर्दै डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन सबै कर्मचारीहरूलाई अनुरोध गरेको छ ।

नेपालमा हाल देखापरिरहेको डेंगु रोगको प्रकोपलाई मध्यनजर गर्दै यसको व्यवस्थापन र नियन्त्रण गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिकार्य योजना बनाई विभिन्न गतिविधि सञ्चालन गरिरहेका छ ।

डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा 'खोज र नष्ट गर' अभियानलाई तिब्र बनाइएको छ । डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेका छन् । डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको छ ।

सूचनामा भनिएकाे छ, "डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले, डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।"

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको