Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुग्यो

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १६ : २३ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुग्यो

अर्थ संसार, काठमाडौँ -  बितेको २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप ४ जनाकाे मृत्यु भएको छ । जसमध्ये २ महिला र २ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ जना पुगेको छ ।

मृतक महिलाहरुमा सुनसरी र  भक्तपुरका एक/एक जना छन् | यस्तै पुरुषहरुमा बाँके र गुल्मीका एक/एक जना छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ देशभर थप १ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको कुल संख्या ७४ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो अवधिमा ७२० जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । यो संगै हालसम्म ५४ हजार ६४० जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको