Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमितको संख्या ७६ हजार नाघ्यो, आज कति थपिए ?

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १६ : ४० मा प्रकाशित

कोरोना संक्रमितको संख्या ७६ हजार नाघ्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  जसमध्ये ५ सय ५६ महिला र ९ सय ५७ पुरुष छन् । 
यो सँगै संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १० हजार ८ सय ९१ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा १ हजार ३५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा ७ सय ३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसंगै हालसम्म ५५ हजार ३ सय ७१ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ६ सय ८९ जना छन् भने होम आइसोलेसनमा १० हजार ७ सय ७ जना छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको