Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थ संसार

मंगलबार, १३ असोज २०७७, १७ : ०२ मा प्रकाशित

नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतक कहाँ-कहाँका ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमध्ये ३ महिला र ७ पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । यो कुल संक्रमितको ० दशमलव ६४ प्रतिशत हो ।

मृतक महिलाहरुमा सर्लाही, काठमाडौं र बाँकेका एक/एक जना छन् । यस्तै पुरुषहरुमा काठमाडौं र बाँकेका २/२ जना छन् भने मोरङ, महोत्तरी र चितवनका एक/एक जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  योसँगै संक्रमितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै बितेको २४ घण्टा ७ सय ३१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसंगै हालसम्म ५५ हजार ३ सय ७१ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको