Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार देशभर १९ सय ११ संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १६ : २२ मा प्रकाशित

बिहिबार देशभर १९ सय ११ संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

अर्थ संसार, काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४३ सहित देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  जसमध्ये ६ सय २८ महिला र १ हजार २ सय ८३ पुरुष छन् ।  यो सँगै संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १२ हजार ४ सय ४४ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा  १ हजार ९ सय ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा ९ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसंगै हालसम्म ५७ हजार ३ सय ८९ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० छन् । जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ७ सय ६१ जना छन् भने होम आइसोलेसनमा ११ हजार ६९ जना छन् । यस्तै क्वारेन्टाइनमा ५ हजार ७७ जना छन् ।

पछिल्लो २४ घण्टाको विवरण हेर्नुहोस् :-

5f75b559d2863.jpg 5f75b560f3c4f.jpg 5f75b567994ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको