Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, आज कति थपिए ?

अर्थ संसार

विहीबार, १५ असोज २०७७, १६ : ३९ मा प्रकाशित

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो, आज कति थपिए ?

अर्थ संसार, काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । जसमध्ये १ महिला र १० पुरुष छन् ।

यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ४३ सहित देशभर थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  यो सँगै संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

बितेको २४ घण्टा ९ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ५७ हजार ३ सय ८९ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको