Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार एकैदिन २ हजार ७२२ जना संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, १६ : ३० मा प्रकाशित

शुक्रबार एकैदिन २ हजार ७२२ जना संक्रमित थपिए, कति डिस्चार्ज भए ?

अर्थ संसार, काठमाडौँ - शुक्रबार नेपालमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित भेटिएको यो हालसम्मकै धेरै हो । याे सँगै नेपालमा काेराेना भाइरसबाट संक्रमण हुनेकाे संख्या ८२ हजार ४ सय ५० जना पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार १४ हजार ७३९ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा २ हजार ७ सय २२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै बितेको २४ घण्टा ३ हजार ३०७ कोरोनामुक्त भएर डिस्चार्ज भएको छन् । योसँगै हालसम्म ६० हजार ६ सय ९६ जनाले कोरोनाविरुद्धको लडाई जितेर घर फर्किएका छन् । हाल सक्रिय संक्रमितको संख्या २१ हजार २३४ छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको