अर्थ संसार, काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ) को ’प्रि अलोटमेन्ट’ आइतबार (आज ) गर्ने तयारी निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडले गरेको छ ।
'आइतबार साँझसम्म हामीले ’प्रि अलोटमेन्ट’ गरेर सेबोनमा पठाउने तयारी गरेका छौं' बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले अर्थ संसार डट कमलाई भने-आज पठाएपछि सबोनले भोली सोमबार वा मंगलबार बाँडफाँडको मिति तोक्ने सक्नेछ । अहिले नै कहिले हुन्छ भन्न सकिदैन, बेलुका ५ बजेमात्र बाँडफाँडको मिति थाहा हुनेछ ।'
कम्पनीले असोज ११ गतेदेखि असोज १४ गतेसम्म निष्काशन गरेको आइपिओमा ८ लाख १३ हजार ७ सय २५ जना आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको छ । शेयर निष्कासन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।
कम्पनीले असोज ११ गते आइतबारबाट असोज १४ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर ९आइपिओ० निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस