अर्थ संसार, काठमाडौं– शेयर बजारले लय समातेको छ । सामान्य करेक्क्सनपछि नेप्से फेरी उचाईतिर अघि बढ्न थालेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर एक हजार ५८५.८५ मा पुगेकाे छ ।
नेप्से ०.९५ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक २.२२ अंकले बढेर ३१२.३८ मा पुगेको छ ।
कुल १९५ वटा कम्पनीको १ करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर खरिदविक्री हुँदा ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार ३१२ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, आज काराेबार रकमकाे आधारमा शिवम् सिमेन्ट लिमिटेडले अग्रता कायम गरेको छ । कम्पनीको २५ कराेड ७६ लाख ८४ हजार १ सय ३२ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
आजको शेयर तालिका हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस