Like us!
Follow us!
Connect us!
Watch us!

विशाल ग्रुपको बारेमा संचारमाध्यममा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण

अर्थ संसार

आइतबार, १८ असोज २०७७, १६ : ०६ मा प्रकाशित

विशाल ग्रुपको बारेमा संचारमाध्यममा प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण

अर्थ संसार, काठमाडौं- गत केही दिनदेखि विशाल ग्रुपमार्फत आयातित र प्रवद्र्धित केही उपभोग्य वस्तुसंगको विषयलाई लिएर केही संचार माध्यममा प्रकाशित समाचारप्रति विशाल ग्रुपको गम्भिर ध्यानाकर्षण भएको छ । समाचारहरुमा उल्लेख भएको आयान डिष्टिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक नरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले विधिवत रुपमा आयात गरिएका वस्तुहरुको प्रयोगको म्याद समाप्त भएका खण्डमा उक्त वस्तुहरुलाई फिर्ता लिई सो को सतप्रतिशत सोधभर्ना गर्ने नीति रहेको जनाएको छ । तसर्थ विशाल ग्रुपले अवान्छित र भ्रम सिर्जना गर्ने समाचारको खण्डन गरेको छ र ग्राहकवर्ग माँझ यस्ता भ्रम फैलाउने समाचारको पछि नलाग्न आग्रह गरेको छ ।

विशाल ग्रुप आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलता प्रति सदैव सजग एंव सचेत रहेको हुँदा म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य वस्तुहरु समयमै नष्ट गर्न सकियोस् भन्ने हेतुले यस ग्रुपले सदैव आफुबाट आयातित वस्तुहरुको संस्था अन्र्तगतका सप्लाई चेनमा कडा निगरानी राख्नुका साथै म्याद समाप्त भइसकेका वस्तुहरुको समुचित लेखापरीक्षण पश्चात सम्बन्धित निकायमा सूचित गरि नष्ट गर्ने गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको छ ।

कम्पनीले केही संचार माध्यमबाट विशाल ग्रुपलाई लान्छित गर्दै प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको