Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले आतंक सिर्जना गरेर शासन गर्न खोज्यो : कमला पन्त

अर्थ संसार

बुधबार, ३१ असार २०८३, १४ : ५३ मा प्रकाशित

सरकारले आतंक सिर्जना गरेर शासन गर्न खोज्यो : कमला पन्त

राष्ट्रिय सभाको बैठकमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी नेता कमला पन्तले सरकारको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरेकी छन्। उनले सरकारले सुशासनको बहानामा मुलुकमा त्रास फैलाएको र प्रतिपक्षी नेताहरूमाथि प्रतिशोध साध्ने काम गरेको आरोप लगाइन्।

सिंहदरबार गेटमा भएको कर्मचारी आन्दोलन, कांग्रेस सभापति गगन थापाको निवास र केही सञ्चारगृह वरपर देखिएका शंकास्पद गतिविधिबारे सरकारले तत्काल जवाफ दिनुपर्ने उनको माग छ।

सभापति थापाको घर नजिकै शंकास्पद गाडी छाडेर मानिसहरू सरकारी गाडीमै फरार भएको चर्चा चलेकाले यसको सत्यतथ्य बाहिर ल्याउन सरकारसँग रुलिङ माग गरिन् ।  पन्तले सरकारमा  ‘बालीमा जिरो, गालीमा हिरो’ बन्ने प्रवृत्ति भएको टिप्पणी गरिन्।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको