अर्थ संसार, काठमाडौं– साताको दोस्रो दिन सोमबार शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक ३.६७ अंकले घटेर एक हजार ५८२.०८ मा पुगेकाे छ ।
नेप्से ०.२३ प्रतिशतले घटेको हो । आज सेन्सेटिभ परिसूचक भने बढेको छ । सेन्सेटिभ परिसूचक ०.११ अंकले बढेर ३१२.४६ मा पुगेको छ ।
कुल १९३ वटा कम्पनीको ९५ लाख २ हजार ६ सय ४८ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ५७ करोड ३७ लाख ४४ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, आज काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गरेको छ । कम्पनीको १४ कराेड ९० लाख ११ हजार ७ सय ६३ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
आजको शेयर तालिका हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस