Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरले ३० लाखको आइपिओ निष्कासन गर्ने

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १६ : ०५ मा प्रकाशित

सामलिङ्ग पावरले ३० लाखको आइपिओ निष्कासन गर्ने


अर्थ संसार, काठमाडौँ - सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण शेयर (आइपिओ) निश्कासन गर्न लागेको हो ।

कम्पनीले  निष्कासन गर्ने (आइपिओ) को लागि निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ  । साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ । 

उक्त सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले हस्ताक्षर गरेका हुन् ।

उर्जा डेभलपर्स प्रा।लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना ९९।५१ मे।वा० २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको