Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड ! नतिजा कहाँबाट हेर्ने ?

अर्थ संसार

सोमबार, १९ असोज २०७७, १८ : १३ मा प्रकाशित

मंगलबार जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड ! नतिजा कहाँबाट हेर्ने ?

अर्थ संसार, काठमाडौं– जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपिओ)  मंगलबार बाँडफाँड हुनेछ  । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको अनुसार मंगलबार १० : ३० बजे क्यापिटलको हलमा बाँडफाँडको  हुनेछ । आइपिओको ’प्रि अलोटमेन्ट’ आइतबार भएको छ । 

कम्पनीले असोज ११ गतेदेखि असोज १४ गतेसम्म निष्काशन गरेको आइपिओमा  ८ लाख १३ हजार ७ सय २५ जना आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको छ । शेयर निष्कासन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै शेयर पाउनेछन् । बाँकी आवेदकको भने हात खाली हुनेछ ।

कम्पनीले असोज ११ गते आइतबारबाट असोज १४ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ)  निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

नतिजा कहाँबाट हेर्ने ?

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बाँडफाँड नतिजा लगानीकर्ताले मेरो शेयरबाट  हेर्न सक्नुहुन्छ ।  त्यसै  लगानीकर्ताले  सजिलैसँगै arthasansar.com  को आइपिओ रिजल्ट (IPO Result) को यो लिंक https://arthasansar.com/ipo-result खोलेर  पनि सजिलै हेर्न सक्नुहुनेछ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो arthasansar.com पेजलाई लाइक गर्नुको साथै हाम्रो youtube च्यानललाई  subscribe गरी शेयर बजार  सम्बन्धी लिएको अन्तरवार्तालाई हेरी ज्ञान लिन सक्नुहुनेछ  ।   

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको