अर्थ संसार, काठमाडौं - प्रभु क्यापिटल लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
क्यापिटलका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेका संस्थापक शेयर बिक्री गर्न इच्छा राखेकोले बिक्री गर्न लागेको जनाएको छ ।
संस्थापक शेयरखरिद बिक्री गर्दा साविकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकोले इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र क्यापिटलको रजिष्टार्ड कार्यलाता कमलादी, काठमाडौंमा सम्पर्क राखी निवेदन दिन सक्नेछन् ।
सो समयसीमा भित्र कुनैपनि आवेदन नपरेमा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति/संस्थालाई बिक्री गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइने क्यापिटलले जनाएको छ ।
क्यापिटलले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस