Like us!
Follow us!
Connect us!
Watch us!

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड, २ लाख ७० हजारको हातमा शेयर

अर्थ संसार

मंगलबार, २० असोज २०७७, ११ : ०० मा प्रकाशित

जनरल इन्स्योरेन्सको आइपिओ बाँडफाँड, २ लाख ७० हजारको हातमा शेयर

अर्थ संसार, काठमाडौं– जनरल इन्स्योरेन्सको आइपिओ मंगलबार बाँडफाँड भएको छ । कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा २ लाख ७० हजार जना आवेदकले  गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।

आवेदन दिएकामध्यले ५ लाख २४ हजार ५४ जना आवेदकको हात खालि भएको छ। इन्स्योरेन्सको  आइपिओमा कुल ७ लाख ९६ हजार ७३४ जना आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा २ हजार १८८ जना आवेदकबाट परेको ४८ हजार ६४० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

कम्पनीले असोज ११ गते आइतबारबाट असोज १४ गते बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ)  निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको