Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा कारोबार रकम कति ?

अर्थ संसार

मंगलबार, २० असोज २०७७, १५ : ०६ मा प्रकाशित

बढेको बजारमा कारोबार रकम कति ?

अर्थ संसार, काठमाडौं– आज (मंगलबार) शेयर बजार झिनो अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.१७ अंकले बढेर एक हजार ५८६.२९ मा पुगेकाे छ । 

नेप्से ०.२६ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक ०.७६ अंकले बढेर ३१३.२२ मा पुगेको छ ।

कुल १९५ वटा कम्पनीको ९१ लाख ६५ हजार ३ सय ९२ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ३० करोड २२ लाख १४ हजार ९ सय ५० रुपैयाँको कारोबार भएको छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, आज काराेबार रकमकाे आधारमा सानिमा माइ हाइड्रोपावर लिमिटेडले अग्रता कायम गरेको छ । कम्पनीको १० कराेड ४३लाख २६ हजार १ सय ४९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

आजको शेयर तालिका हेर्नुहोस्:-

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको