अर्थ संसार, काठमाडौं– आज (बुधबार) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले बढेर एक हजार ६००.९७ मा पुगेकाे छ । नेप्से ०.९३ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक ३.१७ अंकले बढेर ३१६.३९ मा पुगेको छ ।
कुल १९४ वटा कम्पनीको १ करोड २५ लाख ३१ हजार २ सय ३९ कित्ता शेयर खरिदविक्री हुँदा ३ अर्ब ३० करोड ३० लाख ३३ हजार ५ सय २ रुपैयाँको कारोबार भएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर घटेकाे छ ।
त्यसैगरी, आज अरुण कावेली पावर लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीको १५ कराेड २३ लाख ८३ हजार ३ सय ३६ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।
आजको शेयर तालिका हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस