अर्थ संसार, काठमाडौं - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाईड्रोपावरले साधारण शेयर (आइपिओ) असोज ७ ,गतेदेखि निष्काशन तथा खुल्ला भइरहेको छ ।
कास्की जिल्लाको आयोजना प्रभावित स्थानिय बासिन्दालाई ४ लाख २० हजार कित्ता आइपिओ निष्काशन गरेको हो ।
कम्पनीले पहिलो चरणमा कास्की जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दाकाका लागि १०० अंकित ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गरेको हो । 
स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले ढिलोमा कार्तिक ६ गतेसम्म यो शेयरका लागि आवेदन दिन सक्नेछ ।
दोस्रो चरणमा ६ लाख ३० हजार कित्ता शेयरबराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ। 
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । 
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस:-

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस