Like us!
Follow us!
Connect us!
Watch us!

“होण्डा कारमा १० लाखसम्म जित्ने मौका”

अर्थ संसार

विहीबार, २२ असोज २०७७, १० : ३८ मा प्रकाशित

“होण्डा कारमा १० लाखसम्म जित्ने मौका”

अर्थ संसार, काठमाडौं- नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वलाई  लक्षित गरी “फेस्टिभ बोनान्जा” स्किम ग्राहकवर्गहरु माझ ल्याएको छ ।

यस योजना अन्तर्गत होण्डा कारका ग्राहकहरुले १० लाखसम्मको नगद उपहारका साथै अन्य धेरै आकर्षक अफरहरु प्राप्त गर्न सक्नुहुनेछ । 

यस योजना अविधि भर ग्राहकहरुले होण्डा कारको खरिदमा १० लाखसम्मको आकर्षक नगद छुटका साथै एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, १ वर्षको फ्रि कम्प्रिहेन्सिभ इन्स्योरेन्स, ७ वर्षको फाइनान्स सुविधा, १ लाख कि.मि.को वारेण्टी साथै ५ वर्षको फ्रि सर्भिस्का समेत प्राप्त गर्न सक्नुहुनेछ ।

यसका साथै फाइनान्समा लिन इच्छुक ग्राहकहरुको लागि न्यूनतम ४.५ प्रतिशतसम्मको ब्याजदरमा नेट ३० प्रतिशतको न्यूनतम डाउनपेमेन्ट गरी होण्डा कार चढ्न सक्नुहुनेछ । यसका साथै स्किम अवधिभर गाडि खरिद गर्नुहुने ग्राहक मध्ये बाट गोलाप्रथा छनौट गरी १ जनालाई रु. १० लाख नगद उपहार गरीने छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको