Like us!
Follow us!
Connect us!
Watch us!

होन्डा नेपालले ल्यायो सिटी ई–एचईभी गाडी

अर्थ संसार

बुधबार, १० साउन २०८०, १० : ३१ मा प्रकाशित

होन्डा नेपालले ल्यायो सिटी ई–एचईभी गाडी

होन्डाले हालै बजारमा  सिटी ई – एच ईभी सार्वजनिक गरेको छ । वर्षौं देखि उपभोक्ताहरुको माझ लोकप्रिय होन्डा सिटी यसपाली नयाँ हाइब्रिड  भेरिएन्टमा आएको छ । आत्याधुनिक प्रविधियुक्त सिटी ई – एच ई  भीले नेपालको अटोमोटिभ क्षेत्रमा  महत्वपूर्ण फड्को मार्ने संकेत गरेको छ ।  द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीका साथ नेपालमा दिगो र पर्यावरण मैत्री सवारीका  लागि नयाँ मापदण्डहरू सेट गरेको छ ।

सिटी ई – एच ईभीको विशिष्ट विशेषता मध्ये एक एडभान्स्ड सेनसिङ्ग स्वीट रहेको छ । यो सवारीचालक तथा पैदलयात्री दुवैलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी हो । यस प्रविधि अन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्न मद्दत गर्छ । प्याकेजमा भएको लेन–किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङले गाडीमा सवार तथा पैदल यात्री दुवैको सुरक्षा सुनिश्चित गर्दछ।   

नवप्रवर्तन र प्राविधिक उत्कृष्टता प्रति सदा प्रतिवद्ध होन्डाले सिटी ई– एच ई भीमा एडभान्स्ड ड्राइभर असिस्टेंस सिस्टमका साथै अड्याप्टिभ क्रुज कन्ट्रोल सुविधा समावेश गरी अन्य प्रमुख निर्माताहरूले सेट गरेको प्रवृतिलाई पछ्याएको छ । यी फिचरहरुले समग्र ड्राइभिङ अनुभवलाई आरामदायी बनाउनुका साथै  थप सुरक्षित बनाउँछ ।  

सिटी ई – एच ईभीको बारेमा थप जानकारी तथा टेस्ट ड्राइभका लागि आफ्नो नजिकको होन्डा कार शोरूममा सम्पर्क गर्नुहोस् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको