Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल लघुवित्तको नबिकेको हकप्रद शेयर लिलामीमा !

अर्थ संसार

शनिबार, २४ असोज २०७७, ०७ : ३० मा प्रकाशित

सिभिल लघुवित्तको नबिकेको हकप्रद शेयर लिलामीमा !

अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर लिलाम बढाबढको माध्यमद्वारा ब्रिक्री गर्ने भएको छ ।

संस्थाले साउन २५ गते देखि २९ गतेसम्म निष्काशन गर्दा बिक्री नभएको सस्थापक समूहको ११ हजार ६०८ कित्ता तथा सर्वसाधारण समूह तर्फ ७७ हाजर ८ सय ४२ कित्ता गरी जम्मा ८९ हजार ४५० कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढको माध्यमद्वारा ब्रिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी संघ संस्थाहरुले भोलि असोज २५ गते आइतबारदेखि कार्तिक २ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य १ सय तोकिएको छ ।

त्यसैगरी, उक्त शेयर बिक्री प्रवन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको