अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद शेयर आज (असोज २५ गते आइतबार) देखि लिलाम बढाबढको माध्यमद्वारा ब्रिक्री खुल्ला भएको छ ।
संस्थाले साउन २५ गते देखि २९ गतेसम्म निष्काशन गर्दा बिक्री नभएको सस्थापक समूहको ११ हजार ६०८ कित्ता तथा सर्वसाधारण समूह तर्फ ७७ हाजर ८ सय ४२ कित्ता गरी जम्मा ८९ हजार ४५० कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढको माध्यमद्वारा ब्रिक्री गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी संघ संस्थाहरुले आजदेखि कार्तिक २ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । शेयरको न्यूनतम मूल्य १ सय तोकिएको छ । त्यसैले सो भन्दा बढी मूल्यको लागि आवेदन पेश गर्नुपर्नेछ 
त्यसैगरी, उक्त शेयर बिक्री प्रवन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ ।
संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस