अर्थ संसार, काठमाडौं – सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज (कार्तिक २ गते, आइतबार) रहेकाे छ । संस्थाले नबिकेको हकप्रद शेयर असाेज २५ गते, आइतबारदेखि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुल्ला गरेको थियो ।
संस्थाले साउन २५ गते देखि २९ गतेसम्म निष्काशन गर्दा बिक्री नभएको सस्थापक समूहको ११ हजार ६०८ कित्ता तथा सर्वसाधारण समूह तर्फ ७७ हाजर ८ सय ४२ कित्ता गरी जम्मा ८९ हजार ४५० कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढको माध्यमद्वारा ब्रिक्री गर्न लागेको हो ।
शेयरको न्यूनतम मूल्य १ सय तोकिएको छ । त्यसैले सो भन्दा बढी मूल्यको लागि आवेदन पेश गर्नुपर्नेछ ।  त्यसैगरी, उक्त शेयर बिक्री प्रवन्धकको काम सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ । 
। 
लगानीकर्ताहरुले सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौँ तथा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका विराटनगर, विरगंज, पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, विर्तामाेड, जनकपुर, हेटाैँडा, नारायणघाट, घाेराही तथा महेन्द्रनगरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस