अर्थ संसार, काठमाडौं - राष्ट्रिय व्यवसायिक पहल (NBI)ले जिम्मेवारीलाई ईमान्दारीताकालाई निर्वाह गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।
पहलले केहि व्यवसायिक फर्म तथा कम्पनीबाट मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरुको बिक्री वितरणमा भएको गैर–कानुनी क्रियाकलाप प्रति गम्भिर ध्यानाकर्षण गर्दै यस्तो आह्रह गरेको हो ।
राष्ट्रिय व्यवसायिक पहलले यस्ता आम जनमानसमा गम्भिर असर पार्ने गलत क्रियाकलापको विरोध गर्दै आवश्यक कानुनी कारवाही अगाडी बढाउन सरकारसँग अनुरोध समेत गरेको छ ।
हालको यस विषम परिस्थितिमा समाज र मुलुक प्रति जिम्मेवार भई न्युनत्तम व्यवसायिक आचारसंहिता भित्र रही आफनो व्यवसायिक जिम्मेवारीलाई ईमान्दारीताका साथ निर्वाह गर्न गराउन सम्पूर्ण उद्यम व्यवसाय क्षेत्रलाई आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस