Like us!
Follow us!
Connect us!
Watch us!

एन्ड्राेइड फाेनमा के छ, जुन आइफोनमा छैन ?

अर्थ संसार

शनिबार, ०१ कार्तिक २०७७, ०९ : ३० मा प्रकाशित

एन्ड्राेइड फाेनमा के छ, जुन आइफोनमा छैन ?

तपाईंको मोवाइलमा एन्ड्रोइड अपरेटिङ सिस्टम छ कि आइओएस भएको आइफोन ? विश्व बजारमा आइफोनले फरक पहिचान बनाएको छ । त्यसैले आइफोनको क्रेज सबैमा छ । सजिलै पाइने ठाउमा यसप्रति आशक्ति हुनु स्वभाविकै हो । नेपालमा आधिकारिक विक्रेता नभएका बेलासमेत विदेशबाट मगाएर आइफोन बोक्ने धेरै थिए । ठूलो साइजको फोन उत्पादन थालेपछि एप्पलले अहिलेसम्म नगरेको नाफा कमाएको छ ।

आइफोनलाई स्मार्ट फोनमा उत्कृष्ट भने पनि एन्ड्रोइडमा भएका केही विशेषता यसमा छैनन् । त्यसैले कतिपयले एन्ड्रोइडलाई उत्कृष्ट फोन भन्ने गर्छन् । एन्ड्रोइडमा भएका कस्ता फिचर आइफोनमा छैनन् त ? 

ती हुन्ः

एन्ड्रोइडका हरेक फोनको ब्याट्री झिकेर अर्को हाल्न सकिन्छ । यसको पछाडिपटिको कभर झिक्न सकिन्छ । यस्तो सुविधा आइफोनमा छैन । त्यसैले केही गरि ब्याट्रीले काम गरेन भने सजिलै ब्याट्री फेर्ने सुविधा आइफोनमा छैन । पछिल्लो समयका 

एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरेर सेट उत्पादन गर्ने कम्पनीको एउटा साझा विशेषता के हो भने सबैले एकै प्रकारको माइक्रो युएसबि केबल जोड्ने पोर्ट बनाउछन् । त्यसैले एउटा युएसबी केबलबाट सबै प्रकारका एन्ड्रोइड फोन चार्ज गर्न सकिन्छ । तपाईंसग एलजीको, भाइसग सामसङको, बहिनीसग सोनीको, दिदीसग कलर्सको सेट छ भने एउटै केबलबाट पालैपालो सबै सेट चार्ज गर्न सकिन्छ । पछिल्लो समय टाइप सि पोर्ट भएका सेटहरु पनि एन्ड्रोइड फोन उत्पादकले उत्पादन गर्दै आएका छन् । यस्ता सेटमा पनि सबै टाइपसी फोनमा लाग्ने चार्जरले काम गर्छ । आइफोन चार्ज गर्न भने उसले उत्पादन गरेकै केबल खोज्नु पर्छ । 

एन्ड्राेइड फाेनसँग १५ मिनेटमै चार्ज गर्न सकिने वनप्लस, रियलमी, भिभोका फोनहरू छन्र । यी फाेन साँच्चै अविश्वसनीय रूपमा छिटो चार्ज हुन्छन्। आईफोनले अझै पनि लाइटनिंग पोर्टहरू प्रयोग गर्दछ, जसको चार्जिंग गती सीमित छ।

हामीले विगतमा केही क्रान्तिकारी फोनहरू देख्यौं, जबकि आईफोनहरू भने थाेरै मात्र परिवर्तन भएका छन् । 

सामसुग र मोटोरोलाले दाेबार्न (फाेल्ड) मिल्ने स्मार्टफोन बनाएका छन् । केहिले पोर्टेबल गेमिंग फाेन बनाएका छन् । 

त्यहाँ एक राम्रो मौका छ कि नयाँ टेक्नोलोजीहरू पहिले एन्ड्रोइड स्मार्टफोनले ल्याउँछन् । जुन पछि आईफोनमा अपनाइन्छ । 

एन्ड्रोइड फोनसँग आफ्नो फोनको मेमोरीमा रहेका फाईलमा पुग्न सजिलाे छ । कागजातहरू, फाेटाे, संगीत र अन्य फाइलहरू सजिलै ल्यापटप र अरू उपकरणमा स्थानान्तरण गर्न प्रयोग गरिन्छ।

आईफोन प्रयोगकर्ताहरूले ती फाईलहरू एपमा निर्भर हुनु पर्छ । तपाईंलाई आफ्नो उपकरणको प्रत्येक फोल्डरमा पहुँच दिन वा तपाईंलाई फोनको मेमोरीमा फाइलहरू डाउनलोड गर्न दिदैन। जब तपाईं यसलाई युएसवीमार्फत ल्यापटपमा जडान गर्नुहुन्छ, त्यतिखेर निराश हुनुपर्छ।

एन्ड्रोइड फोनले प्रायः सबै चीज प्रदान गर्दछ, जब यो सुरक्षाको कुरा आउँदछ। चाहे तपाइँ अनुहार चिन्ने, रेटिना पढ्ने वा फिंगरप्रिन्ट स्क्यानर मन पराउनुहुन्छ; केहि एन्ड्रोइड फोनले तीनै सबैकाे संयोजन प्रदान गर्दछन्।

अर्कोतर्फ आईफोनले केवल अनुहार चिन्ने वा फिंगर स्क्यान गर्ने मात्रै सुविधा दिन्छ, दुबै होईन। 

एकै पटक धेरै वटा एप्स खोलेर काम गर्ने (मल्टी टास्किङ) सुविधा एन्ड्रोइडमा मात्रै उपलब्ध छ । तपाईंलाई इमेल खोलुन्जेल फेसबुकमा स्ट्याटस अपडेट गर्न मन लागे एकै पटक दुवै काम गर्न सक्नु हुन्छ । आइफोनमा भने एक पटकमा एउटा एपमा मात्र काम गर्न सकिन्छ । 

तपाईंले किनेको फोनमा स्टोरेज क्षमता थोरै भए सबै काम सहज रुपमा गर्न सक्नु हुन्न । आइफोनको स्टोरेज नपुगे तपाईंले धेरै क्षमता भएको अर्को फोन किन्नु पर्छ । एन्ड्रोइडमा भने इन्टरनल मेमोरीका अतिरिक्त माइक्रो एसडी कार्डबाट स्टोरेज क्षमता बढाउन सकिन्छ । यस्तो सुविधा भएकैले धेरैले एन्ड्रोइड रोज्छन् ।  

फोन टिभीमा जोडेर त्यसमा भएका सामग्री टिभीमा हेर्न सकिने विशेषता आइफोनमा हुदैन । यस्तो सुविधा एन्ड्रोइडले दिएको छ । आइफोनलाई कम्प्युटरमा जोडेर सिधै कुनै सामगी कम्प्युटरमा कपी गर्न वा कम्प्युटरको सामग्री आइफोनमा राख्न सकिन्न । त्यसका लागि छुट्टै सफ्टवेयर कम्प्युटरमा राख्नु पर्छ । एन्ड्रोइड फोनमा भने कुनै सामग्री सिधै कपी गरेर राख्न÷झिक्न सकिन्छ ।

एन्ड्रोइड फोनको डिस्प्ले तपाईले आफ्नो अनुकूल बदल्न सक्नु हुन्छ । फोनको इन्टरफेसै परिवर्तन गर्ने गरी एप्सहरु एन्ड्रोइडमा उपलब्ध छन् । आइफोनमा भने यस्तो सुविधा छैन । तपाईंले चाहेमा एउटा वालपेपरमात्रै आफ्नो अनुकूलको राख्न सक्नु हुन्छ । 

एन्ड्रोइडको अर्को विशेषता के हो भने विजेटहरुलाई होम स्क्रिनमा सेट गर्न सकिन्छ । तपाईंलाई आजको लोडसेडिङ तालिका हेर्न एप खोलिरहने जरुरत पर्दैन । स्क्रिनमा सिधै देखिने गरी राख्न सकिन्छ । त्यस्तै क्यालेन्डर, कुनै फोन नम्बर, म्यासेन्जरमा कुनै एउटा ब्यक्तिसगको च्याटमात्रै मोवाइलको स्क्रिनमा सेट गर्न सकिने सुविधा एन्ड्रोइडमा हुन्छ । 

त्यतिमात्र कहा हो र ? एन्ड्रोइड मोवाइल अब फोन मात्र रहेन । यसलाई रिमोटका रुपमा समेत प्रयोग गर्न सकिने भएको छ । सामसङ, एलजीलगायतका मोवाइललाई इन्फ्रारेडमार्फत टिभी, फ्रिज, स्पिकर, एयर कन्डिसनरलगायतका घरेलु विद्युतीय उपकरण चलाउने रिमोट कन्ट्रोल बनाउन सकिन्छ । 

यसैले आइफोनकै पछि कसैले दगुर्नु आवश्यक छैन । त्यसमा नभएका उल्लेखित फिचरका अलावा यसको एप्स स्टोर गुगल प्लेमा आइफोनमा भन्दा अधिक एप्स उपलब्ध छन् । धेरै एप हुनुको अर्थ धेरै अप्सन हुनु हो । तपाईंलाई यति पढेपछि कुन अपरेटिङ सिस्टम उत्कृष्ट लाग्यो ?

 बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको