Like us!
Follow us!
Connect us!
Watch us!

आइफाेनले चार्जर नदिँदा ग्राहककाे यस्ताे आक्राेस

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, ०८ : ३९ मा प्रकाशित

आइफाेनले चार्जर नदिँदा ग्राहककाे यस्ताे आक्राेस

अमेरिकाकाे टेक्सस बस्दै आएका पत्रकार रामचन्द्र भट्ट हरेक दाेस्राे बर्ष आइफाेनकाे नयाँ भर्सन किन्छन् । यसपालीदेखि भने उनकाे आइफाेनप्रति माेहभंग भएकाे छ । यस बर्ष उनलाइ आइफाेनप्रति घृणा जाग्नुकाे कारण हाे आइफाेनले माेवाइल सेटसँगै चार्जर नदिनु ।

एप्पलले आइफाेन १२ का विभिन्न ४ माेडल दुइदिन अघि सार्वजनिक गरेकाे छ । त्यसमा वर्यावरण बचाउन भन्दै आइफाेनसँगै एप्पले चार्जर नदिने निर्णय गरेकाे छ । आइफाेनबारे पत्रकार रामचन्द्र भट्टकाे धारणा हामीले यहाँ पस्केका छाैं-

हिजोदेखि सुरु भएको आईफोन प्रि-अर्डर गर्नुभयो । अर्डर गर्नुभएको भए फोन आउँदा चार्जर आउनेछैन । चार्जरलाई अलग्गै किन्नुपर्नेछ ।

कहिलेकाँही यो संसारको परिदृश्य देख्दा पनि बडो अचम्म लाग्छ । सुन्दा र देख्दा आफैँ बहुलाउनुपर्ने हुन्छ । ठूलो भएपछि ‘मैले भनेको कुरा संसारले हु-बहु पत्याउँछन् । यी त घाँस खाने हुन्’ भन्ने सोचाई दुनियामा तथाकथित ठूला कम्पनीहरुको हुन्छ कि जस्तो लाग्न थाल्यो ।

धेरैतिर सन्दर्भ मिल्छ । तर यो सन्दर्भ चाहि यहि हप्ता सार्वजनिक गरिएको आईफोन-१२ को हो ।

मेरो आफ्नो अनुभूति चाहि स्टिभ जब्सको निधन पछि एप्पलमा दिमाग लगाउने मानिस सकिएछन् भन्नेमा ढुक्क भएँ । नौ वर्ष अघि स्टिभको निधन हुनु पूर्व डिजाईन र लगत्तै लन्च गरिएको आईफोन फोर र फोर एस पछिका सबै फोनमा कुनै क्रियटिभी छैनन् । मात्र क्यामराको संख्या थप्ने र फोनको साईज बढाउने या घटाउने भन्दा बाहेक कुनै खास परिवर्तन छैन ।

फोरपछिको फोर एसमा सिरी थपियो । सिरीसँगै म पनि यसको फ्यान हुन थालेँ । हरेक वर्ष नसकेपनि २/२ वर्षमा नयाँ संस्करण फेर्दै आएको छु ।

तर माथिनै उल्लेख भएजस्तै साईज फेरियो, क्यामरा थपिनु भन्दा बाहेक केहि छैन । आईफोन थ्री बाट फोर आउँदा दुनियाको सोचाई र दिमागलाई जसरी हल्लाएको थियो एप्पलले पछिल्ला वर्षहरुमा फिक्का हुन थालेको छ । ‘ए नयाँ मोडल आएछ’ भन्दा बाहेक खासै प्रतिकृया आउँदैन । नयाँ मोडल भन्ने पनि खासै महसुस हुँदैन ।

एप्पलमात्र होइन, सामसुंगको हविगत पनि उस्तै छ । सामसुंग नोटका भर्सन बाहेक अरुले त बजारमा खासै तरंग ल्याउन पनि सकेका छैनन् ।

साँच्चै स्टिभको निधनपछि एप्पलका क्रियटिभी सबै भुत्ते भएका छन् । एउटा मानिसको अभावले कति फरक पार्ने रहेछ भन्ने एप्पलबाट देखिएको छ ।

दोस्रो, यस पटक नयाँ संस्करण लन्चसँगै एप्पल वातावरण प्रति बडो संवेदनशील छौँ भनेर नौटंकी देखाएर ग्राहकलाई ठग्न सकृय भएको छ ।

फोन बेच्ने, तर चार्जर नदिने कस्तो खालको नीति ? डाटा केवल चाहि दिने तर चार्जर नदिने । तावरणलाई देखाएर चार्जरलाई अलग्गै बेच्ने काईदाको रणनीति देखियो । एउटा चाईनिज ग्राहकले गरेको टिप्पणी सटीक लाग्यो-‘खाना दिने तर चपस्टिक नदिने ।’

एप्पल जस्तो मल्टि-बिलियनको कम्पनीले यतिसम्म लुब्ध र लिच्चड चाहि नभएको हुने हो । आईफोन-टेनपछि दुई वर्षमा यसपटक फोन फेर्ने योजनामा थिएँ । चार्जर नदिने एप्पलको नीतिले १० वर्षदेखि एप्पलसँग रहेको एट्याचमेन्ट टुटाउनुपर्ने भयो ।

वातावरणलाई देखाएर उपभोक्ता माथि शोषण गर्ने एप्पललाई सबै उपभोक्ता मिलेर तह लगाउनुपर्ने देखियो ।

एप्पलकाे यस्ताे ब्यवहारमा विश्वका चर्चित माेवाइल उत्पादक कम्पनीले पनि ब्यंग्य गरेका छन् । दक्षिण काेरियाकाे कम्पनी सामसंगले आफ्नो सोसल मिडियामा भनेको छ, ‘सामसुङ ग्यालेक्सी सिरिजका स्मार्टफोनसँग पावर एडाप्टर प्राप्त भैरहनेछ । एडाप्टर प्राप्त भैरहनेछ ।’

एप्पलका आइफोनसँगै युएसबी सी टू लाइटनिङ केवल हुने गर्दछ । जुन युएसबी ए पावर एडाप्टरसँग मिल्दैन । सन् २००७ देखि अहिलेसम्मका सबै आइफोनमा एप्पलले त्यहीँ युएसबी सी टू लाइटेनिङ केवलकै प्रयोग गरेको छ । त्यसैले आइफोनसँग पावर एडाप्टर नदिएपछि प्रयोगकर्ताले आइफोन चार्जरका लागि छुट्टै रकम तिर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको