Like us!
Follow us!
Connect us!
Watch us!

एनआइबिएल सहभागिता फण्डमा स्वचालित कारोबार प्रणाली लागु

अर्थ संसार

सोमबार, ०३ कार्तिक २०७७, १३ : ०६ मा प्रकाशित

एनआइबिएल सहभागिता फण्डमा स्वचालित कारोबार प्रणाली लागु

अर्थ संसार, काठमाडौं - नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा आएको एक वर्ष पूरा भएको छ ।

यसै उपलक्ष्यमा योजना व्यवस्थापकले योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन स्वचालित कारोबार प्रणाली लागु गरेको छ ।

कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पँहुचलाई ईन्टरनेटको माध्यमद्धारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका साथ यस फण्डले कार्तिक २ गते आइतबारदेखि स्वचालित कारोबार प्रणाली लागू गरिएको गरेको हो । 

साथै, यस योजनाको स्वचालित विद्युतीय कारोबार प्रणाली मार्फत आम लगानीकर्ताहरु तथा इकाईधनीहरुले हालका लागी योजनाका ईकाई खरिद गर्न सक्ने, व्यवस्थित लगानी योजना (Systematic Investment Plan-SIP) मा दर्ता, व्यवस्थित लगानी योजना एसपिआईको किस्ता रकमको भुक्तानी, User Login दर्ता मार्फत अन्य विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको