Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको “डिजिटल दक्षिणा दिऊँ, क्यास व्याक लिऊँ” योजना सार्वजनिक

अर्थ संसार

विहीबार, ०६ कार्तिक २०७७, १७ : ३६ मा प्रकाशित

सिटिजन्स बैंकको “डिजिटल दक्षिणा दिऊँ, क्यास व्याक लिऊँ” योजना सार्वजनिक

अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले 'डिजिटलदक्षिणा दिऊँ, क्यासव्याकलिऊँ' योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत दशैँमा दक्षिणा पठाउँदा २५५ सम्म क्यास ब्याक प्राप्त गर्ने भएका छन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिन देखि द्वादशी सम्म तिन पटक गरी ५०० भन्दा बढी दक्षिणा पठाएमा सो क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यसरी दक्षिणा पठाउँदा विवरणमा भने “दक्षिणा” भनी खुलाउनपर्ने छ । महान चाड दशैलाई लक्षित गरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र  कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट सेवा दिँदै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको