Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रपतिकी छोरीको विहे माघ ३ गते, पूर्वराष्ट्रपतिका नातिसँग लगनगाँठो कस्ने

आइतबार, ३० असोज २०७३, १५ : ५३ मा प्रकाशित

राष्ट्रपतिकी छोरीको विहे माघ ३ गते, पूर्वराष्ट्रपतिका नातिसँग लगनगाँठो कस्ने


अर्थ संसार
काठमाडौं–नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीका कान्छी छोरी निशाकुसुमको विवाह आगामी माघ ३ गते हुने भएको छ । निशाकुसुमको विवाह निवर्तमान राष्ट्रपति डा। रामवरण यादवका नाति अभिषेक यादवसँग हुने आइतबार टुंगो भएको हो । अभिशेक कांग्रेस सभासद् किरण यादवका छोरा हुन् । किरण पूर्वराष्ट्रपति यादवकी भतिजी हुन् ।

दुवैको टिकाटालो शितल निवासमा सीमित ब्यक्तिहरुबीच भएको थियो । टिकाटालोमा एमालेका तर्फबाट पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीका दम्पति मात्र सहभागी थिए । त्यस्तै राष्ट्रपति भण्डारीका घर परिवार, माइती र मावलीतिरका आफन्त सहभागी दिए । अभिशेकका तर्फबाट उनका अभिभावक किरण दम्पत्तीसहित २५ जना सहभागी थिए । 

टिकाटालोको सुरुमा मंगलधुन बजाइएको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले बरबधुलाई माला लगाइदिएकी थिइन् । त्यसपछि पण्डितको मन्त्र बाचनसँगै बरबधुलाई भण्डारीले टिका लगाइ दिइन्  । टिका लगाएपछि खाममा राखेर दक्षिणा दिइएको थियो । त्यसपछि फलफूल आदानप्रदान भएको थियो । ‘दक्षिणाबाहेक अरु कुरा लेनदेन भएको देखिएन,’ टिकाटालोमा सहभागि राष्ट्रपतिका एक नातेदारले भने ।   

टिकाटालो विहान ९ बजे गर्ने तय भएको थियो । केटा पक्ष आउन ढिला भएकाले सवा १० बजे मात्र कार्यक्रम सुरु भएको थियो । राष्ट्रपति भण्डारीले टिका लगाइसकेपछि बरबधुलाई एमाले अध्यक्ष ओलीले टिका लगाइ दिएका थिए । टिका लगाइसकेपछि सामान्य चियापान भएको थियो । त्यसपछि दुवै पक्षका नातेदारलाई पार्टी दिइएको थियो । अभिशेक सामान्य सुटमा सजिएका थिए । निशाकुशुम भने सारी र ब्लाउजमा थिइन् । 

 निशाकुसुम र अभिशेकले एक अर्कालाई आफैंले रोजेका हुन् । उनीहरू स्कुल पढ्दादेखिकै साथी हुन् । अभिशेक र निशाकुसुम बुढानीलकण्ठ स्कुलमा सँगै पढेका थिए। बुढानीलकण्ठमा अध्ययन गर्दैगर्दा उनीहरू नजिकिएका हुन्। अभिशेकले बेलायत सरकारको चिभेनिङ छात्रवृत्तिमा लन्डनको युनिभर्सिटी कलेज लन्डनमा ‘इकोनोमिक्स एन्ड पोलिसी अफ इनर्जी एन्ड द इन्भाइरोमेन्टमा पढिरहेका छन् ।

यसअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रिकल इन्जिनियरका रूपमा काम गरेका थिए । निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन् । उनले काठमाडौंस्थित वीर अस्पतालबाट इन्टर्नसिपसमेत गरकी थिइन् । 

अभिषेककी आमा किरण पहिलो संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सभासद् थिइन । दोस्रो संविधानसभामा महोत्तरी–२ विजयी भएकी थिइन् ।  
तत्कालीन एमाले महासचिव मदन भण्डारी र राष्ट्रपति विद्यादेवीका दुई छोरी छन् । जेठी छोरी उषाकिरणको विवाह भइसकेको छ ।  

580354a963357.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको