अर्थ संसार, काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडले भाद्र ३१ गते, बुधबारदेखि असोज २९ गते बिहिबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको  साधारण शेयर (आईपीओ) को हिजो (कार्तिक ६ गते बिहिबार) बाँडफाँड गरिएकाे छ । 
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 
नुवाकोट र म्याग्दी जिल्लाका अतिप्रभावितलाई ४० प्रतिशत र प्रभावितलाई ६० प्रतिशत छुट्टाइएको थियो । नुवाकोट जिल्लाको अति प्रभावित पन्चकन्या गाउँपालिका वडा नम्बर ४ (साविकको थप्रेक गाविस)  र  तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) आयोजनाको अति प्रभावित क्षेत्र हुन भने तादी गाँउपालिका, पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन्। त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हो ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

 
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस