Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीले घोषणा गर्यो लाभांश,बुक क्लोजको मिति पनि तय

अर्थ संसार

शुक्रबार, २१ कार्तिक २०८२, ११ : ३५ मा प्रकाशित

माउन्टेन इनर्जीले घोषणा गर्यो लाभांश,बुक क्लोजको मिति पनि तय

माउन्टेन इनर्जी नेपालले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश छन्। 

लाभांश अनुमोदन गर्न कम्पनीले मंसिर २९ गते वार्षिक साधारणसभा डाकेको छ। विद्युत नियमन आयोगको स्वीकृतिपछि साधारणसभाको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ। कम्पनीले लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ मंसिर १७ गते एक दिनका लागि बुक क्लोज गर्ने समेत निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्नेछन्। लाभांश पारित गर्नका लागि आउँदो मंसिर २९ गते साधारणसभा बस्ने निर्णय पनि बैठकले गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको