Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँड नपरेकाहरुको रकम फिर्ता

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०७७, ०७ : ११ मा प्रकाशित

माउन्टेन इनर्जी नेपालको आइपिओ बाँडफाँड नपरेकाहरुको रकम फिर्ता

संसार, काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन गरिएको साधारण शेयर (आइपिओ) बाँडफाँड गरेको छ ।

कम्पनीले भाद्र ३१ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेको १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आईपीओ) को कार्तिक ६ गते बाँडफाँड गरेको हो ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै बाँडफाँड नपरेको शेयर वापतको रकम फिर्ता भुक्तानी आज (कार्तिक १४ गते शुक्रबार) देखि गरिने जनाएको छ । आवेदकले आफ्नो आवेदन फारम उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने जनाएको छ ।

साथै उल्लेख गरिएको खातामा रकमान्तर नभएमा तथा आवेदन फाराममा बैंकको नाम तथा खाता नं उल्लेख नगरेका आवेदकहरुलाई  आफुले आवेदन बुझेको कार्यलयमा आफ्नो बैकको खाता उल्लेख गराउन आग्रह गरेको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको