Like us!
Follow us!
Connect us!
Watch us!

लगानी गर्ने कि नगर्ने ? माउन्टेन इनर्जीको आइपिओ बजारमा आउन केहि दिन मात्र बाँकी !

अर्थ संसार

आइतबार, २३ कार्तिक २०७७, ०८ : ०९ मा प्रकाशित

लगानी गर्ने कि नगर्ने ? माउन्टेन इनर्जीको आइपिओ बजारमा आउन केहि दिन मात्र बाँकी !

अर्थ संसार, काठमाडौं - माउन्टेन इनर्जी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) बजारमा आउन अब केहि दिन मात्र बाँकी रहेको छ । कम्पनीले कात्तिक २६ गते बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्दैछ । 

कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको हो । उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिनेछ ।

लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।

उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

अपि पावरका शेयरधनीलाई कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेको सन्देश | Guru Prasad Neupane | API

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको