Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरमा लगानी गर्ने हो ? माउन्टेन इनर्जीले १९ करोड ६८ लाखको आइपिओ छिट्टै जारी गर्दै

अर्थ संसार

मंगलबार, १८ कार्तिक २०७७, ०७ : ४४ मा प्रकाशित

हाइड्रोपावरमा लगानी गर्ने हो ? माउन्टेन इनर्जीले १९ करोड ६८ लाखको आइपिओ छिट्टै जारी गर्दै

अर्थ संसार, काठमाडौं - माउन्टेन इनर्जी नेपालले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको हो ।

उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिनेछ ।

उक्त आइपिओ कार्तिक २६ गतेबाट बजारमा आउनेछ । लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे थियाे ।

उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।

साधारण शेयर (आइपीओ) को बारे अन्य विवरण तल दिइएको छ :-

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको